लुम्बिनी

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान

नवलपरासी । पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो ।

बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताएका छन् । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ ।

विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भने । कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

मारुनी नाच संरक्षण गर्न सामग्री वितरण

नवलपरासी पूर्वदेवचुली नगरपालिका–९ ले मारुनी नाच संरक्षणका लागि विभिन्न सामग्री वितरण गरेको छ । मगर समुदायमा प्रचलित मारुनी नाच संरक्षणका लागि वाद्यवादनका सामग्री र पोशाक प्रदान गरिएको छ ।