पु.समाचार

अन्त्य भएन छुवाछुत कुप्रथाः धारो प्रयोग गरेकै कारण कुटिईन एक महिला

काठमाडौं । ४ जात ३६ वर्णको साझा फुलबारी भएको नेपाली समाजमा हरेक प्रकारका परम्परा रहेका छन् । कतिपय परम्परा मुलुकको गहणा र चिनारीका रुपमा स्थापीत छन् । तर कतिपय परम्परा नेपाली समाजका लागि अभिषापयुक्त, निन्दनीय र सामाजिक कलंकका रूपमा अँझैपनि विद्यमान रहेका छन् ।

जाति, धर्म, वर्ण लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव जस्ता कुरीतिले आजपनि नेपाली समाजमा जरो गाडेर रहेका छन् । यस्ता कुप परम्पराबाट हाम्रो नेपाली समाज अँझैपनि मुक्त हुन नसकेको देखीन्छ । मुलुकमा अँझैपनि समाजका कयौं नागरिक जातजती छुवाछुत जस्ता विभिन्न खाले भेदभावबाट पीडित रहेका छन् ।

छुवाछुतको जातिभेदले हाम्रो समाजलाई आक्रान्त बनाउन छोडेको छैन । आफुलाई ठुलो जात हु भन्नेहरुको आडम्बरको जमातलले समाजको एउटा हिस्सालाई अछुत ठान्ने परम्परामा अझैपनि सुधार आउन नसकेको अवस्था छ । यो समाका लागि एउटा कलंक हो र यस्तो कलंक नहटे सम्म नेपाली समाज कहिलै अगाडी बढ्न नसक्ने देखिन्छ ।

२१ सौँ शताब्दीमा पनि हाम्रो नेपाली समाज विभिन्न जात– जाती छुवाछुतको पछाडी दौडीरहेका छ । जुन दुर्भाग्यले हाम्रो समाजको विकासको क्रमलाई बाधा र अवरोध र्पुयाईरहेको छ । यो बुझनु पर्नेम थोत्रो आडम्बरमा दौडीएको छ नेपाली समाज

विश्व मानवसभ्यता रोबोटीकको दुनियाबाट सफलताको उच्चाइमा पुगिसक्दा नेपाल भने एउटा मान्छे सानो जातको र अर्को मान्छे ठूलो जातको भन्ने भावनाले ग्रसित र रोगी भई जहाँको त्यहिँ रहेको छ । यस्ता भेदभाव नमेटाउने हो भने सामाजिक विभेदले सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने छ ।

तसर्थ, मानिस–मानिसबीचमा रहेको जातिभेद उन्मूलन गर्नुैपर्ने आवस्यक रहेको छ । आज मात्रै मुलुकको एक विकट जिल्लाबाट छुवाछुतको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनीक धारामा एक महिलाले पानी छोएको भन्दै ति महिलाले अर्कि महिलालाई कुट्पीट गर्नुका साथै अर्मयादीत व्यवहार गरेकि थिईन । जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नगरपालिका–१०, भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले आज मात्रै पक्राउन गरेको हो ।

आफन्तको घर सुर्खेतमा लुकीछिपी बसेको भन्ने जानकारीका आधारमा दैलेखबाट गएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् । गएको वैशाख ११ गते न्यौपानेले लछिमा कामीलाई रावतडाँडामा रहेको सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भनेर कुटपिट गरेको घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्ता भएको थियो ।

आरोपित फरार भएको अवस्थामा प्रहरीले घटनाका आरोपित साक्षी र पीडितहरुलाई ‘विभेद भएको होइन’ भनेर साउन १४ गते बयान बदल्न वडाध्यक्ष लोकबहादुर थापा र नेता लोमन शर्माले दबाब दिएको विषयले घटना चर्चाको विषय बनेको थियो ।

यो त एउटा उदाहरण मात्रै हो यस्ता घटना मुलुकमा दैनिक घटिरहेका हुन्छन् । कति पीडितले अन्याएका विरुद्ध आवाज उठाउने गरेपनि कयौं नागरिक यस्ता खालका अन्याए सहेर बस्ने गरेकाले पनि घटना सार्वजनीक हुँदैनन्  ।मुलुकमा वर्षमा एक दिन जहिले जातिभेद उन्मूलन दिवस मनाईरहँदा यस्ता घटना भैरहेका हुन्छन् । दिवश मनाएर मात्र छुवाछुत जस्तो सामाजिक कलंकको रूपमा रहेको घृणित प्रथाबाट समाज कहिलै मुक्त हुने देखीदैन ।

कानुन बनाएर मात्र पनि केहि हुनेवाला छैन कानुन पालना हुने अवस्था सिर्जना गर्नेतर्फ ठोस कदम नचाले सम्म यो सामाजिक विकृति नेपाली समाजबाट हट्ने देखिँदैन । मानिस सबैभन्दा चेतनशील र सामाजिक प्रणी हो जो समाजमा बस्दछ तर, यही समाजमा कुरीतिको अवस्थित छुवाछुत जस्तो अत्यन्तै घृणित कुप्रथा विद्यमान रहनु वास्तवमा सामाजिक कलंक नै हो ।

मुलुकमा छुवाछुत विरोधी कानुन बने, छुवाछुतविरोधी विभिन्न प्रकारका संर्घष भए तर ती कानुन किताबकै पानामा मात्र सीमित रहे र आन्दोलनहरू पनि पूर्णरूपमा सफल भएनन् । यसकारण २१ शौ शताब्दीमा आउँदा पनि नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथाले समाजमा स्थान पाईरहेको छ ।

यो विषयमा सम्बन्धित सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक कुन–कुन विकल्प प्रयोग गर्दा मुलुकमा विद्यमान जातिभेद भेदभाव उन्मूलन हुन्छ भनने तर्फ सोच्न आवस्यक छ । अन्यथा नेपाली समाज कहिलै पनि सबल, सक्षम हुनसक्ने छैन । यो कुरा पनि सत्य हो कि पहिलेको तुलनामा छुवाछतप्रथामा केहि कमी आएको छ तर यो प्रथालाई जरैदेखी उखेलेर फालेमात्र मुलुकको विकाश हुनसक्छ ।

पछिल्लो समय पढेलेखेका युवा पुस्तामा यस्तो खालको सोचाईमा परिवतएन आएको छ । देश विदेश गएर समाजका सबै नागरिक एक हुन भन्ने कुरा वुझन थालेका पनि छन् । शिक्षित युवा पुस्ताले जातीय विभेदलाई कलंकका रुपमा बुझदै विभेदलाई घृणाको नजरले हेर्न थालेका छन् ।

तर पनि समाजमा आफुलाई संधै माथिको मान्ने व्यक्तिका कारण अझै पनि यो प्रथाको उन्मुलन हुनसकेको छैन । यो समाजको एक नकारात्मक सोच हो यो सोच बदल्न जरुरी छ । समाजमा वसोवास गर्ने सबै नागरिक एकहो, ठूलो जात र सानो जात कोहिपनि हुँदैन भन्ने शिक्षा समाजमै फैलाउन जरुरी छ । र छुवाछुत उन्मूलनका लागि बनेका कानुनहरू पनि कठोरतापूर्वक लागू गर्नुपर्ने आवस्यक रहेको छ । अनि मात्रै हाम्रो समाजमा एक कुप्रथाका रुपमा जरो गाडेको छुवाछुत प्रथाो उन्मुलन हुनुसक्छ ।

नेपाल जस्तै विश्वका कयौं पिछडीएका मुलुकमा यो अवस्था कायम रहेको छ । यस मध्य नेपाल पनि एक हो । यो वास्तवमा हामी सबैका लागि लज्जाको विषय हो । सामाजिक सद्भाव र एकताको बाधक यस्ता कुप्रथालाई जरैदेखि उखेलेर फाल्नै पर्छ । समाजमा बस्ने सबैले यो विषयमा गम्भीरतापूर्वक सोचेर छुवाछुत प्रथा हटाउन योगदान गर्नुपर्छ । तब मात्र यो प्रथाको अन्त्य हुनेछ