खेलकुद

पहिलो खेलमा नेपालले कीर्गिस्तानसंग भिड्ने

काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार सार्वजनीक ड्र अनुसार समुह एमा परेको नेपालले आगामी सोमबार प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्ने तय भएको हो । नेपाल रहेको समुह एमा कीर्गिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै समुह बीमा तुर्के्मिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले समुह चरणको दोस्रो खेलमा बुधबार माल्दिभ्ससंग खेल्नेछ । समुहका शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्नेछन् । सेमिफाईनल खेल बिहिबार र फाईनल खेल शनिबार हुनेछ । नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ७ राष्ट्रले सहभागीता जनाउनेछन् ।

खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।