समाचार

रवि पक्राउको बिरोधमा सर्बसाधारण आन्दोलित, पाँच प्रहरी घाईते, दर्जन अश्रु ज्ञास प्रहार

भरतपुर । न्यूज २४ का चर्चित टेलिभिजन प्रश्तोता रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा भितवन प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि सयौंको संख्यामा समर्थकले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनबाट ५ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी प्रमुद दान बहादुर मल्लले बताएका छन् ।

बिहीबर रवि लामिछाने सहित तीन जनालाई पत्रकार शालिकराम पुडाशैनीको हत्या प्रकरणमा अनुसंधान गर्न भन्दै दुईलाई न्यूज २४ को कार्यालयबाट र एक नर्सलाई कलंकीबाट काठमाण्डौ र चितवनको प्रहरीले संयुक्त रुपमा पक्राउ गरेको थियो ।

आज दिनभर चितवन प्रहरी कार्यालय र जिल्ला अदालत अगाडी सर्बसाधारणले बिरोध गरिरहेको समाचार छ । प्रहरीले भीड नियन्त्रण गर्न १० सेल अश्रु ज्ञास प्रहार गरेको थियो । चौकीभित्र ढुंगा र रड प्रहार गरी प्रहरी घाईते भएपछि अश्रु ज्ञास प्रहार गुर्नुपरेको प्रहरीको दाबी छ ।