राजनीति

राजश्री सुविधा खोजेर ओली सरकारले विश्वमा नेपालको बैज्जत गर्योः डा भट्टराई

पोखरा । नयाँशक्ती पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा दुईतिहाई मतको कम्युनिष्ट पार्टीले विश्व कम्युनिष्ट आन्दोलनकै बेईज्जत गरेको बताएका छन् । गण्डकी प्रदेश संघीय समाजबादी पार्टीले पोखरामा गरेको कार्यक्रममा सम्बोधन गर्दै डा भट्टराईले कम्युनिष्ट पार्टी हौं भन्दै राजश्री सुबिधा खोजेको, धर्म गूरुको पछि लागेको, प्रधानमन्त्री नै स्वदेशमा उपचार गर्ने स्तरका अस्पतालको विकास गर्न छाडेर विदेश उपचार गर्न गएको, संघीयतालाई अर्कै बाटोमा हिँडाएको लगायतका कार्यहरु गरेर नेपालको कम्युनिष्ट सरकार विश्व राजनीतिक इतिहासमा नै लज्जित भएको ठोकुवा गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले संघीय समाजबादी पार्टी हात्ति छाप चप्पल नभएर हात्ति भएको बताउँदै काँग्रेस र कम्युनिष्ट कोकोकोला र पेप्सी जस्तै पुराना भएकाले उक्त पार्टीका नेताहरुले आराम गर्नुपर्ने विचार व्यक्त गरेका छन् । डा भट्टराईले काँग्रेस वीपी कोईरालाको सिद्धान्त अंगाल्न नसकेर सकिएको भन्दै प्रधानमन्त्री केपी ओलीले देशका लागि केही गर्न नसक्ने बताए । डा भट्टराईले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालले लडाकु सिविर लगायत माओबादीको अरबौं भ्रष्टाचार गरेका कारण पार्टी छाडेको आरोप लगाउँदै आएका छन् । डा भट्टराई केही समय अगाडीमात्र नयाँशक्ती पार्टीलाई उपेन्द्र यादवको संघीय समाजबादीसंग एकता गराएपछि पोखराको कार्यक्रममा देखिएका हुन् । ग०डकी प्रदेश गठन गर्ने समयमा पनि डा भट्टराईले काँग्रेसर नेकपाको आलोचना गरेका थिए ।