अन्तर्राष्ट्रिय

चीनमा अध्ययन गर्न छात्रवृत्ति

प्रिटोरिया । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताए ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस छात्रवृत्ति कार्यक्रमले ठूलो मद्दत गर्ने बताए ।

सन् २००१ देखि प्रारम्भ भएको छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ४०० भन्दा बढी अफ्रिकी विद्यार्थीले लाभ लिइसकेका छन् । पछिल्ला वर्षमा चिनियाँ छात्रवृत्ति बढ्दै गएको छ ।

राजदूत लिने यस वर्ष १५० जनाभन्दा बढी विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा अध्ययनको अवसर दिइन लागेको बताए ।

हाल, चीनमा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या तीन हजार नाघेको छ । यो संख्या पहिलो पाँच वर्षको भन्दा सातगुणा बढी हो ।