लुम्बिनी

होमस्टे गएका पाहुनालाई उपहार

 

धम्बोझी। बर्दियाको डल्ला गाउँको होमस्टे (घरबास) मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् ।

स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, कपडा, बेतबाँस र बाँसबाट बनाइएका मुडा, स्टुल, टोकरीलगायतका हस्तकलाका सामानहरु पनि किनेर लैजाने गर्दछन् ।

स्थानीय थारु समुदायको लोक संस्कृति, रहनसहनको जगेर्ना गर्दै आयआर्जनको विकल्पको रुपमा मधुवन नगरपालिकाले यहाँ १० वटा घरबास निर्माण गर्न आर्थिक सहयोग गरेको छ । पर्यटकलाई लोभ्याउने उद्देश्यको थारु परिकारका खानाको स्वाद चाख्न, थारु नाच हेर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए । हेर्न पाइन्ने थारु सरसफाइयुक्त आफ्नै घरको अनुभव हुने घरबास छ ।

यहाँ आउने पर्यटकले चारु समुदायले निर्माण गरेका हस्तकलाका सामान किनेर लैजान थालेपछि स्थानीय समुदायमा ढकिया, छिट्नी, मुडा, कुर्ची, बनाउन आकर्षण बढेको छ । होमस्टे सञ्चालक समीतिका अध्यक्ष तथा संयोजक पर्शुराम चौधरीको अनुसार पर्यटन आगमनले स्थानीय बासिन्दामा आयआर्जन गर्ने बाटो खुलेको छ ।

बाह्रै महीना पर्यटकका लागि आवतजावत गर्ने सबै आधार तय हुँदै गएको छ । पर्यटक, कृषि उत्पादन र पर्यटक घुम्नका लागि सम्पदा निर्माण गरिएकाले वर्षेनी यहाँ पर्यटकको सङ्ख्या बढ्दै गएको चौधरीको भनाइ छ ।

डल्ला होमस्टेको सञ्चालन समीतिको अहिले बर्दिया राष्ट्रिय निकुञ्जले समितिका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तालीमसमेत सञ्चालन गरिएको छ । यहाँ सञ्चालन गरिएको प्रचारका लागि जिल्ला तथा नगरपालिका स्तरमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् ।