समाचार

वाढीले पुल बगाउँदा २२ किलोमिटरसम्म जामः पानीको सहारामा यात्रुले रात कटाए

नवलपरासी । हिजो साँझदेखी परेको अबिरल वर्षा पछि आएको वाढीले पुल भाँचिएपछि पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरुद्ध भएको छ । पुर्वपस्चिम महेन्द्र राजमार्ग जोड्ने अरुणखोलको पुल भाँचीएपछि बनाएको डाभर्सनमा एकतर्फिरुपमा  मात्र सवारी साधन आवत– जावत गरिरहेका छन् । जस्ले गर्दा राजमार्गमा २२ किलोमिटरसम्म गाडीको जाम लागेको छ ।

हिजो र आज बिहान परेको पानिका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न लाई धेरै समय लाग्ने धुँदा भएभरका सवारी साधन एकै ठाउँमा थुप्रिएका छन जस्ले गर्दा सडक जाम भएको बताइएको छ । डाईभर्सनमा ठुला मालवाहक सवारी साधनलाई आवत– जावत गर्न निकै कठीन भएको बताईएको छ ।

अरुखाखोला पुलबाट पश्चिम दाउन्ने पहाडसम्म सवारीको पुरै जाम छ भने पुलदेखि पूर्व चोरमाराको जंगलमा रहेको ४० किलोमिटर भन्ने स्थान र डण्डाबजार सम्म लाइन रहेको बताईएको छ । सड्कमै घण्टौसम्म वस्नु पर्ने हुँदा टाढाको सवारमा रहेको यात्रुहरु पानिको सहारामा रात सडकमै कटाएका छन् । यात्रुहरुलाई गन्तब्यमा कहिले पुग्ने हो कुनै टुंगो नै छैन ।

यति मात्रै होईन अत्यधिक जाम हुँदा अत्यावस्यकका सवारीका साधनसमेत बीचबाटोमै अलपत्र परेका छन् । बिरामी बोकेका एम्बुलेन्स बीच बाटोमै रोकिन बाध्य भएका छन् । उत्त जामलाई पार गर्न कम्तीमा पनि लगभग २० घण्टा लाग्ने देखिएको बताईएको छ ।

राजमार्गको दक्षिणबाट अरुणखोलामा बनाइएको डाइभर्सन सडकमा पानी बहावकालागि राखिएको ह्यूमपाइप भएको स्थानमा एकतर्फीमात्र गाडि संचालन हुने गरेका कारण घण्टौ जाम हुने गरेको हो । पूर्वपश्चिम हिँडेका यात्रुले जंगलमा जाममा पर्दा सास्ती भोगेका छन् । साथै सबै गाडि ओभरट्याक गर्ने हतारमा रहेका कारण झनै राजमार्गमा तेहेरो जाम भएको बताईएको छ ।

६२ घण्टादेखी राजमार्ग अवरुद्ध हुँदापनी दोहोरो यातायात संचालन हुननसकेका कारण घण्टौ लामो जामले अरुणखोलाको पूर्वपश्चिम दुवैतिर जंगल भएको हुँदा यात्रुले पानी समेत खान नपाउने अवस्था छ । अरुणखोलाको पानीको बहाव निकास दिन दोहोरो लाइनमा ३० वटा हयूमपाइप राखेर पानी बग्ने व्यवस्था मिलाएको सडक डिभिजन कार्यालय बर्दघाटले जनाएको छ । खोलामा पानीको सतह बृद्धि हुँदा हयूमपाइप बगाउने जोखिम उत्तिकै छ ।

अरुणखोलामा चालकले जथाभावी ओर्भटयाक गर्न नदिन २ दर्जन भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले जानकारी दिएका छन् । उनले एक घण्टा जाम हुँदा टाढासम्म गाडिको लाइन हुने गरेको र देशभरीकै गाडिको चाप महेन्द्रराजमार्गमा पर्ने गरेकाले असहज भैरहेको जनाए । आज बिहान देखी पानी परेका कारणले अझ असहज भएको प्रहरीको भनाई छ ।