समाचार

बस दुर्घटनामा परि एकको मृत्युः १५ घाइते

हेटौँडा । बस दुर्घटनामा परि हेटौँडामा आज एक जनाको मृत्यु भएको छ । भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

काठमाडौँबाट रौतहटका लागि छुटेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।