समाचार

पत्रकार रवि लामिछाने टेलिभिजन कार्यालयबाटै पक्राउ

काठमाण्डौ । न्यूज २४ टेलिभिजनका चर्चित टेलिभिजन प्रश्तोता रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालीक्राम पुडाशैनी हत्या प्रकरणमा नाम जोडिएर आएपछि प्रहरीले काठमाण्डौबाट अनुसंधानका लागि टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।

चितवन प्रहरीले काठमाण्डौ प्रहरीसँगको सहकार्यमा रविसँगै उही टेलिभिजनका पत्रकार युवराज कँडेललाई समेत पक्राउ गरेको प्रहरी उच्च स्रोतको दाबी छ । यद्यपी प्रहरी सह प्रवक्ता गणेश थापाले भने यस बिषयमा कुरा गर्न खोज्दा फोन स्पष्ट जवाफ दिएनन् ।