राजनीति

माला भनेपछि हुरुक्कै हुने भ्रष्ट नेताहरुलाई जुत्ताको माला लगाउन नेता गुरुङको आग्रह

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेताहरुलाई जुत्ता मोहत्शवमा ब्यावशायीहरुले बोलाएर जुत्ताको माला लगाउनुपर्ने विचार व्यक्र गरेका छन् । नेता गुरुङले ब्यंग्यात्मक रुपमा फेसबुकमा स्टाटस लेख्दै धान मोहत्शवमा धानको माला, आलु मोहत्शवमा आलुको माला र स्याउ मोहत्शवमा स्याउको माला लगाएजस्तैगरी छिट्टै नै हुने जुत्ता मोहत्शवमा व्यावशायीहरुले मालामा रुची हुने नेताहरुलाई बोलाएर जुत्ताको माला लगाउनुपर्ने बताएका छन् । भर्खरैमात्र नेताहरुले स्याउ मोहत्शवमा स्याउको माला लगाएको तस्वीर सार्बजनिक भएपछि नेता गुरुङको उक्त अभिब्यक्ती आएको हो ।

नेता गुरुङले राजनीतिमा भ्रष्टाचार बढेको, गरीव जनताको आर्थिक तथा शैक्षिक स्तर अगाडी बढ्न नसकेको भन्दै नेपालको राजनीति शुद्धीकरण हुनुपर्ने बेला बेला बताईरहेका र उनको जुत्ताको माला लगाउनुपर्ने भन्ने अभिब्यक्री समेत भ्रष्टाचारीलाई जुत्ताको माला लगाउनुपर्छ भन्ने अभिब्यक्तीको संकेतस्वरुप आएको देखिन्छ ।

उनले भनेका छन्, ‘धान महोत्सवमा वीउको माला, आलु महोत्सवमा आलुकै माला, सायद यो स्याउ महोत्सव होला, त्यसैले स्याउकै माला लगाएका होलान्। अब जुत्ता पसलेहरुले जुत्ता महोत्सव गरेर माला भनेपछि हुरुक्कै हुने नेताहरुलाई आमन्त्रण गरियोस्।’