आर्थिक

मिर्गौलापीडित सन्छरी गुरुङलाई रु एक लाख सहयोग

पोखरा । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गराइरहेएकी वालिङ–३ बुढाकोटकी सन्छरी गुरुङलाई आर्थिक सहयोग गरिएको छ । दक्षिण कोरियास्थित स्याङ्जा भिरकोट आर्थर तमु समाजद्वारा वैदेशिक रोजगारमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख ५२ हजार ५०७ प्रदान गरिएको हो ।

समाजका सल्लाहकारद्वय डिबी गुरुङ र खुशी गुरुङसहितले आज यहाँ पीडितका छोरा खुमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरे । चौँसठ्ठी वर्षीया सन्छरीले हाल पोखरामा डायलोसिस गराइरहेकी छिन् ।