राजनीति

वरिष्ठ साहित्यकार दीक्षितको निधनबाट मुलुकलाई क्षति: काङ्ग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो । सभापति देउवाले स्व दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।