आर्थिक

मुक्तिनाथ बैंकको आर्थिक बर्ष २०७५।०७६ को प्रगति

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५।०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ । विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ ।

बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ ।

बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बैंकले लक्ष्य लिएको छ । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिए ।