पु.समाचार

पत्रकार शालीग्रामको आत्महत्यामा रवि लामिछाने शत् प्रतिशत निर्दोष छन् (भिडियोसहित)

काठमाण्डौ । चर्चित पत्रकार शालीग्राम पुडाशैनीले आफूले आत्माहत्या गर्नु अघि रवि लामिछानेको खुलेर समर्थन गरेका छन् । पुडाशैनीले आत्माहत्या गर्नुअघिको भिडियो भन्दै उनकी र उनको टिमको संलग्नतामा हत्या गर्न बाध्य पारिएको भन्दै सामाजिक संजालमा बाहिरिएपछि नेपालका नम्बर वान टेलिभिजन प्रश्तोतामाथि लागेको आरोप मिथ्याम सवित भएको छ । पुडाशैनीले आफ्नो फेसबुकमा रविलामिछानेलाई गुरुपुर्णिमाका दिन गुरु मानेर पुजा गर्नेदेखी रवि लामिछानेसंग सधैं नजिक रहने बचा गरेको भिडियोसम्म आईपुगदा पछिल्लो समय अर्कै टेलिभिजनमा गएका पुडाशैनीको आत्महत्या घटनाले रवि लामिछानेभन्दा पनि सुनियोजित षढ्यन्त्रको गन्ध देखिएको छ । अपराधको जरो पत्ता लगाउने काम प्रहरीको र न्याय दिने काम अदालतको भएपनि समाजमा देखिएका विवादको बिषयमा आफूलाई लागेको कुरा बोल्नु समाजमा बस्ने सचेत नागरिकको दायीत्य पनि हो । यो भिडियो र पछिल्लो समय रवि लामिछानेसंग जोडेर शालीग्रामको हत्या गर्ने भन्ने भिडियोबीच तुलनात्मक अध्ययन गर्दा, या त शालीग्राम पुडाशैनी डिप्रेशनका रोगी थिए या त कसैको सुनियोजीत षढ्यन्त्रमा रविलाई फसाउन यो षढ्यन्त्र गरिएके हो भन्ने निष्कर्ष निकाल्दा फरक नपर्ला ।

रविले शालीग्रामलाई फसाउनुपर्ने कुनै तुक देखिदैन, उनीहरुको सम्बन्ध मात्र टेलिभिजन प्रस्तोता र रिपोर्टरबीचको मात्र हो, संगै बसेर रक्सस् खाने खाल्को मित्रता होईन, ना कि उनीहरुबीचमा सामान्य दुःख सुखको साटासाटको काम नै हुन्थ्यो । शालीग्रामले रविका विशरुद्धमा वा समर्थनमा किन यत्तिकाभिडियोहरु सार्बजनिक भएका छन् त्यो पनि प्रश्नबाचक चिन्ह खडा भएका छन् । किन उनले बोलेका कुराहरुलाई महत्वपूर्ण रुपमा रेकर्ड गरेर राखिए त्यसको पनि लेखाजोखा गर्दा प्रहरीलाई घटनाको दोषी पत्ता लगायन सहज होला ।
पछिल्लो समयमा युट्युवमा आएको रवि लामिछानेको समर्थनको शालीग्रामको भनाई यस्तो छः

उनले भनेका छने, रवि दाईसंग काम गर्दा म धेरै खुशी थिएँ, अहिले पनि छु र पछि पनि हुन्छु, म रवि दाईकै पछि हुन्छु सधैं, उहाँ महान हुनुहुन्छ, रवि दाईले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो, म रवि दाई संग छुट्टिएको होईन । अन्तिम समय यस्तो नगर बाबू भन्दा रविाईसँग काम गर्दा कत्रि सहज हुन्छ, त्यो जोकोहीले सोच्नै सक्दैन, अत्याचार रवि दाईसंग काम गर्दा कत्ति मजा हुन्छ त्यो बर्णन गरेर सकिदैन । त्यहाँको माहौल र वातावरण धेरै नै राम्रो छ, रवि दाई दाईको राम्रा कुराहरुको प्रशंसा गरेर सकिन्न ।