समाचार

अनियमितगर्ने व्यापारी कारवाहीमाः अखाद्य वस्तु नष्ट

मध्यपुरथिमी । भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार विभिन्न मिनिमार्टको अनुगमन गरी अनियमित गर्नेलाई कारवाही गर्नुका साथै अखाद्य वस्तु नष्ट गरेको छ ।

अनुगमनमा अजिमा स्टोर मार्केटमा विभिन्न नामका बिस्कुट, सुन्तला सुगन्ध, मेथिको अचार, पेप्सी, करेला अचार, डाबर आलमण्ड हेयर तेल, नाइसिललगायत विभिन्न अखाद्य वस्तु भेटिएकोमा त्यस्ता सामान जफत गरी नष्ट गरेको हो ।

साथै ढक तराजु नवीकरण गर्नुपर्ने, प्याकेजिङ सामानमा लेबल राख्नुपर्ने, सरसफाइ अपुग भई धेरै सामान मुसाले काटेको र फोहर देखिएको, मिनिमार्ट व्यवस्थित नभएकाले तत्काल व्यवस्थित गर्न निर्देशन दिएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।

अनुगमनकै क्रममा न्यु नःपुखु मिनिमार्टमा म्याद नाघेको सामान, स्प्राइट, ड्यु, पेप्सी, फाण्टा, ब्लाण्डेड सिसेमसिल, बिस्कुटलगायत विभिन्न ब्राण्डका अखाद्य वस्तु नष्ट गररेको छ । साथै ढक तराजु नवीकरण गर्नुपर्ने, प्याकेजिङ सामानमा लेबल राख्नुपर्ने सुझावसहित पहिलो पटकलाई रु एक हजार जरिवाना गरेको उहाँले जानकारी दिएका छन् ।