अन्तर्राष्ट्रिय

इराकी राष्ट्रपतिले राष्ट्रसङ्घको सभामा सम्बोधन गर्ने

एजेनसी । इराकका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नेभएका छन् । अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उनले सम्बोधन गर्ने तय भएको इराकी अधिकारीहरूले जनाएका छन् ।

इराकी राष्ट्रपतिको कार्यालयका मुख्य कर्मचारी मोहम्मद भाएजीले बुधबार उनको सम्बोधन तय भएको जानकारी दिएका छन् ।अरु कुनै विषेश परिस्थिति आइनपरेमा राष्ट्रपति रौहानीले राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने निश्चित भइसकेको छ,” उने सरकारी समाचार संस्थासँग भने ।

रौहानीले महासभामा सहभागी हुन अमेरिका जाने क्रममा त्यहाँ रहेका आप्रवासी इराकीहरूसँग भेटघाट पनि गर्ने गरेको भाएजीले उल्लेख गरेका छन् । त्यस बाहेक उहाँले विश्वभरबाट आएका राजनीतिक नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

हरेक वर्ष हुने गरेको राष्ट्रसङ्घको महासभा अहिले ७४औँ पटक हुन लागेको छ । यो वर्षको महासभा न्युयोर्कमा सेप्टेम्बर १७ देखि शुरु हुने तय भएको छ ।