अन्तर्राष्ट्रिय

डेँगुका कारण म्यानमारमा ४८ को मृत्युः १० हजार वढी प्रभावित

एजेन्सी । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ । गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ । विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन् ।

यसअघि सन् २०१८ मा यस रोगबाट १८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन् ।