लुम्बिनी

क्रियाशील सदस्य गुरुङको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाण्डै । नेपाली काङ्ग्रेसले प्यूठानका क्रियाशील सदस्य धनकला गुरुङको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी भारतको चण्डीगढमा उपचारका क्रममा बुधबार निधन भएका ६६ वर्षीया गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

काङ्ग्रेसले मृतक गुरुङको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्यूठानको तत्कालीन दाङबाङ गाविस काङ्ग्रेसका वडा सचिवसमेत भइसक्नुभएका स्व गुरुङले विसं २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।