गण्डकी प्रदेश

पर्वतारोहण सङ्घद्वारा पर्वतीय सङ्ग्रहालयमा वृक्षरोपण

पोखरा । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आज वृक्षरोपण गरिएको छ । सङ्ग्रहालयलाई हरियाली एवं वातावरणमैत्री बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा धुपी, अमला, रुद्राक्षलगायत विभिन्न जातका ३० विरुवा रोपिएको थियो ।

वृक्षरोपण कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ, वडाध्यक्ष तीर्थ अधिकारी, पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य एवं नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटालगायत थिए ।