शिक्षा

तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाए

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यममा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाएका हुन् ।

नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यापीठमा पढाउन प्राध्यापकहरु नआउने गरेको भन्दै आफ्ना यी मागहरु सम्बोधन गर्ने गरी सहमति नहुँदासम्म ताला नखोल्नेसमेत विद्यार्थीहरुले बताएका छन् ।

विद्यापीठका प्राचार्य माधव अधिकारीका अनुसार उनीहरुका माग लगभग पूरा भएको र केही मागका विषयमा आपसी छलफलबाट टुङ्ग्याउने तयारीमा रहेको बताए । साथै विद्यार्थीलाई छलफलमा आउनसमेत आग्रह गरे ।