अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिएका छन् । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।