सुदूरपश्चिम

साउद गाउँमा सडक सुधार हुँदा स्थानीयवासी खुशी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६५ वर्षीय मानबहादुर साउद गाउँमा सडक सुधार हुँदा निकै खुशी हुनुहुन्छ । हिँड्नै मुस्किल हुने सकञ्चनपुरडकको स्तरोन्नति भई गाउँमै सवारीसाधन पुग्न थालेपछि साउदलगायत बेलडाँडीवासी दुःखका दिन सकिएको अनुभव गर्न थालेका छन् ।

गाउँबाट पूर्व–पश्चिम राजमार्गको कलुवापुर पुग्नका लागि पैदल अढाइ घण्टा लाग्दथ्यो उनले भने, “जनप्रतिनिधि आएपछि वर्षौंदेखि सुधार हुन नसकेको सडक स्तरोन्नति गरिएपछि सवारीसाधनमा चढेर दश मिनेटमै राजमार्गसम्म पुग्न सकिएको छ ।” सडकमा हुने खाल्टाखुल्टी पुर्नका लागि गाउँका सबै जनाले मिलेर भर्ने काम गरे पनि वर्षात्का बेला सडक पुरानै अवस्थामा फर्कने गरेको थियो ।

“यस क्षेत्रका बासिन्दाले सडकको बिग्रँदो अवस्थाका कारण वर्षात् अगावै घरायसी सामानको जोहो मिलाउने गर्दथे । अब त्यो अवस्था रहेन । सडकको स्तरोन्नतिले गाउँको जीवन सहज बनाएको छ”, उनले भने ।

“साधुरो सडक निकै फराकिलो सडक कालोपत्रे र भएको छ । बाह्र महीना सडकमा सहजरुपमा सवारीसाधन गुडने गरी निर्माण गरिएको छ”, उनले भने। सडकको बिग्रँदो अवस्थाका कारण गाउँमा सुत्केरी हुने महिला र गम्भीर बिरामीलाई अस्पताल पु¥याउन निकै धौधौ हुने गरेको थियो विगत सम्झै अमरबहादुर साउदले भने ।

सडकसँगै शहरी स्वास्थ्य केन्द्र, विद्यालय, विद्युत्को गाउँमै व्यवस्था भएको छ उनले भने, “अत्यावश्यक कार्यका लागि जिल्ला सदरमुकाम र नगरपालिका कार्यालयसम्म पुग्नका लागि गाउँमै पुग्ने सवारीसाधन चढेर जान सकिने भएको छ” उन भने, “यो सबै सडक पुगेर सम्भव भएको हो ।” गाउँ नजिकै भएर बग्ने खोलामा पक्की पुल बन्न लागेको छ । विद्यालय र बस्ती जोगाउनका लागि भरपर्दो तटबन्ध निर्माण गरिएको छ ।

प्राथमिक विद्यालय माध्यमिक भएको छ । गाउँमै रहेको विद्यालयलाई नमूनाका रुपमा बनाउन स्थानीय बासिन्दाले प्रयास जारी राखेका छन् । “गाउँकै विद्यालयमा सबै सुविधा दिइन थालेपछि सबै जनाले टाढाको विद्यालय पढ्नकै लागि पठाएका बालबालिकालाई गाउँकै विद्यालयमै भर्ना गरेका छन्”, सुरतबहादुर साउदले भने ।

सडककै कारण बेलडाँडी गाउँका बासिन्दाले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनु पर्दथ्यो । बिहानको झिसमिसेमै पैदल स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझ मात्रै घर फर्कने गर्दथे साउँदले भने, “हाल साइकल, मोटरसाइकल र अन्य ढुवानीका सवारीसाधनमा दश मिनेटमै बजारमा उत्पादित वस्तु बेचेर गाउँका बासिन्दा फर्कने गरेका छन् ।”

सडक सुधारका लागि प्रदेशसभा सदस्य महेशदत्त जोशीको पहलमा प्रदेश सरकारले रु ४१ लाख रकम प्रदान गरेको उनले बताए । पाँच किलोमिटर सडक निर्माणको कार्य ठेक्का प्रक्रियामा पूरा भएको हो ।

प्रदेशसभा सदस्य जोशीले दुर्गमको गाउँ भएकाले तत्कालका लागि केही बजेट विनियोजन भई सडकको स्तरोन्नति गरिएकाले चालू आवमा सडक कालोपत्रेका लागि पहल गरिने बताए । प्रदेश सरकारकै सहयोगमा गाउँमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ ।

गाउँमै रोजगारीका अवसर सिर्जना गर्नका लागि जडीबुटी प्रशोधन उद्योगसमेत सञ्चालनमा रहेको छ । जडीबुटी उत्पादनमा गाउँका ७० परिवार संलग्न रहेका छन् । चारैतिर नदी र वनजङ्गलले घेरिएको गाउँमा २०० बढी परिवारको बसोवास रहेको छ ।

दुई डिप ट्युबेल जडान

बेलौरी नगरपालिका–४ मा सिँचाइका लागि दुई वटा डिप ट्युबेल जडानको कार्य शुरु गरिएको छ । किसानलाई सहजरुपमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि ट्युबेल जडानको कार्य हुन लागेको हो । वडाका अलग अलग दुई ठाउँमा रु एक करोडको लागतमा डिप ट्युबेल जडानको कार्य भइरहेको वडाध्यक्ष अर्जुन ढकालले बताए ।

एक डिप ट्युबेल जडानका लागि रु ५० लाख खर्च लाग्ने उहाँले बताउनुभयो । ट्युबेलका बोरिङ गाडने कार्य अन्तिम चरणमा पुगेको छ उनले भने, “किसानका खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य भइरहेको छ ।”

पाइप बिछ्याउने र बोरिङ गर्ने कार्य सकिएपछि उच्च क्षमताको विद्युतीय मोटर राखेर सिँचाइको कार्य प्रारम्भ गरिने छ । एक डिप ट्युबेलबाट ६० बिघा खेतमा सिँचाइ गर्न सकिने छ । दुईवटै डिप ट्युबेल जडान भएपछि १२० बिघा खेतमा सिँचाइ पुगेपछि झण्डै ७०० बढी किसान लाभान्वित हुने बताइएको छ ।