प्रदेश 1

सवारी चालक अनुमतिपत्रको फारम भर्न वायोमेट्रिक प्रणालीबाट सुविधा

इटहरी। यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।

सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौँ तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख बिन्दाकुमारी नेपालले बताए ।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । यसबाट बीचमा मान्छे घुस्ने, पालो मिच्नेजस्ता कार्य निर्मूल हुने छ । उक्त वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले रु सात लाख बराबरको बजेट विनियोजन गरेको थियो ।

सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आउनुभएका लीला बस्नेतले उक्त मेसिन आएपछि केही हदसम्म सहज भएको बताए। उनले भने, “दिनभरिको लाइन र घाममा बस्नुपर्ने स्थिति रहेन, केही हदसम्म सहज भयो ।