राजनीति

जनताको अपमान गर्ने अधिकार कसैलाई छैनः डा. संग्रौला

काठमाण्डौ । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले नेपालमा ठुला–ठुला आनदोलनहरु भएका र २००७ को आन्दोलनले जनतालाई रैतिबाट नागरीक बनाएको स्मरण गराएकी छन् ।

नेतृसंग्रौलाले २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो, २०६२/६३ को आन्दोलनले राजालाई बिदा गरी सिंहदारबारको अधिकार गाँउमा पु¥यायो, यी जनआनदोलनमा धेरै नेपाली जनताले देशको विकाश र समृदिको लागी रगत बगाए तर आज जनताको रगतको बदला, भ्रष्टाचार, दलाली, बिषादी र घमण्डले बिगतमा बगेको् रगतको अपमान गरिरहेको छ । अपमानको नेतृत्व वर्तमान सरकारको नेताहरुले गरिरहेका छन् भन्दै यो भन्दा ठुलो चुनौति प्रजातन्त्रको लागी के हुन सक्छ ? भनेर सभामुखलाई प्रश्न गरेकी छन् ।

सभामुख महोदय, प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलार्र्ई हुदैन । सरकारले जनतालाई अपमान गरेको संग्रौलाको आरोप छ । उनले संसदमा कुरा राख्ने क्रममा उक्त कुरा बताएकी हुन् ।