बाग्मती

धादिङ दुर्घटनाः चार जनाको अवस्था गम्भीर, १४ घाईते

काठमाण्डौ । ज्वालामुखी गाउँपालिका–३ अमराईमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ ।

धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।