समाचार

राष्ट्र बैंकको सीईओको उमेरहद निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले  सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६/०४/२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन÷परिमार्जन/नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउनु ।” अदाललते उक्त निर्णय यथास्थितिमा राख्नुका साथै प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिट निवेदनको सुनुवाइपछि प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । चार वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको चार दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धर पदमुक्त हुभएका थिए ।