समाचार

पोखरा न्युरोडमा भिषण आगलागी, घटनास्थल नियन्त्रणका लागि प्रहरी र दमकल प्रयासरत

पोखरा । पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट नजिकको महालक्ष्मी फर्निचरमा भिषण आगोलागी भएको छ ।

केही समयअघि लागेको आगो नियन्त्रणका लागी २ वटा दमकल प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगालगीबाट के कती क्षती भयो र के कारणले आगोलागी भयो भन्ने विषय खुल्न सकेको छैन । प्रहरीले अनुसंधान गरिरहेको बताएको छ ।