मनोरञ्जन

द भ्वाइस अफ नेपाल २ मा अब यस्तो धमाका, अभया निर्देशकले दिए कडा जवाफ

काठमाडौँ । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ यहि साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा प्रसारण हुदैछ । हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने कार्यक्रम नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण हुने पहिलो रियालिटी शो हो ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।

पहिलो सिजन भन्दा यो सिजन अझ रमाइलो हुने र धेरै नयाँ र फरक प्रतिभा दर्शकले देख्न र सुन्न पाउनेमा भ्वाइसको टिम विश्वस्त छ । भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले यो पटक नक आउट सेग्मेन्ट जोडीएको बताएका छन् ।

ब्लाइन्ड अडिसन बाट छानिएका प्रती कोच १६ प्रतिस्पर्थी ब्याटल राउन्डमा सहभागी हुनेछन् र ब्याटल राउन्ड सकिदा सम्म प्रत्येक कोच सँग बाँकी रहेका ९ जना प्रतिस्पर्धी नक आउटका लागि भिड्ने छन् ।

९ जना प्रतिस्पर्थीलाई ३।३ जनाको ३ समुहमा विभाजन गर्दै १ समुह बाट १ जनालाई सेलेक्ट गर्दै कोच सँग ३ जना प्रतिस्पर्धी रहनेछन् जो लाइभ राउन्डमा जानेछन् । लाइभ राउन्डबाट अगाडि बढ्ने निर्णय भने जनताको भोटको आधारमा हुनेछ ।

पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ । यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् । अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन् । भिडियो हेर्नुहोस्ः