राजनीति

नेता रावलको आफ्नै सरकारलाई सुझावः जम्बू र काश्मीर घटनाबाट पाठ सिकौं

काठमाण्डौ । नेकपाका नेता भीम रावलले देश धेरै गलत सम्झौतामा बाँधिएको बताएका छन् । प्रतिनिधि सभाको बिशेष बैैठकमा बोल्दै सन्धिहरु देशका लागि अपमानजनक भएकाले ती सन्धिबाट मुक्त हुन सरकारले कुटनीतिक कदम चाल्नुपर्ने विचार व्यक्त गरेका छन् । संवेदनशील तथ्याङक अभिलेख जस्ता महत्वपूर्ण जानकारी विदेशी सर्भरमा नराखी आफ्नै देशको मातहातमा रहनुपर्ने व्यवस्था मिलाउनुपर्ने भन्दै नेता रावलले गोर्खा भर्तिकेन्द्र तत्काल बन्द गर्न सरकारले कदम चाल्नुपर्ने बताएका छन् ।

संसदमा कडा रुपमा प्रश्तुत भएका नेता रावलले भारत र पाकिस्तानको जम्बू र काश्मिरका घटनालाई हेरेर नेपालले पाठ सिक्नुपर्ने नेता रावलको तर्क छ । उनले समयमा काम सम्पन्न नगरेकाले माथील्लो कर्णाली आयोजनालाई कुनै हालतमा नविकरण गर्न नहुने बताए । नेकपाकै दुईतिहाई मतको सरकार बनेका बेला नेता रावलले असन्तुष्टी पोख्दै आफ्नै सरकारलाई सुझाव दिएका छन् ।