काठमाडौँ। राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिजा दिएको छ ।
सबै कागजात पुगेपनि भिजा नदिएकोमा आश्चार्य लागेको संदिपले ट्वीट गरेपछि अमेरिका भिजा प्रकरणका बिरुद्धमा सामाजिक सञ्जालमा अमेरिकी नीतिको विरोध शुरु भएपछि अमेरिकी दूताबासले पुनः रिभ्यूका लागि बोलाएको थियो । भिजा पाएपछि सन्दीपले ट्वीट गर्दै धन्यवाद दिएका छन् ।
७८ लाख रुपैयाँमा खेल्न जान लागेका सन्दीपसहितको नेपाली टोली अब अमेरिका जाँदैछन् । दूतावासको व्यापक विरोधपछि अमेरिकाले भिजा दिन बाध्य भएको छ ।
१.सबै कागजात पुरा गर्दापनि अमेरिकाले भिजा नदिदाँ आश्चार्य लागेको छः सन्दीप लामिछाने
२.अमेरिकी दूताबासले रिभ्यू गर्दै भिजा दिन क्रिकेटर सन्दीपलाई बोलायो (अपडेट)!