खेलकुद

सबै कागजात पुरा गर्दापनि अमेरिकाले भिजा नदिदाँ आश्चार्य लागेको छः सन्दीप लामिछाने

काठमाण्डौ । चर्चित राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिजा दिन अश्विकार गरेको छ ।

क्रिकेटर लामिछानेले ट्वीट गर्दै नेपालको राष्ट्रिय खेलाडीको हैशियतले खेल्नका लागि अमेरिका जानलाग्दा भिजा नदिँदा आश्चार्य लागेको बताए । उनले केहीबेरमा नै दुईवटा ट्वीट गर्दै आफूलाई विश्वास गर्न कठीन भएको छ भने विश्वास गर्न गाह्रो भएको बताएका छन् ।

उनले आफूले अमेरिकन दूताबासमा भिजा प्राप्त गर्न सबै कागजपत्र पुरा गरेको दाबी गरेका छन् ।