बाग्मती

सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली चयन

काठमाडौं । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन भएका छन् ।
समितिद्वारा काठमाडौंमा सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा छिन् ।

त्यसैगरी सहकोषाध्यक्षमा सुजन बराइली, सदस्यमा श्रवणकुमार गदाइली, गङ्गा विश्वकर्मा, पुष्कर धनुके, कृष्णबहादुर गहतराज, रामकृष्ण खाती, तिलक गदाल, मणि कुमार, तारा खाती, लक्ष्मी विश्वकर्मा, नारायण विश्वकर्मा, नवराज विश्वकर्मा, कुमार विश्वकर्मा, कृष्णबहादुर धनुके, भीमप्रसाद सेन्चुरी, देविन गहतराज, केदार गहतराज, सङ्गम गहतराज र कृष्णबहादुर गहतराज छन् । संरक्षकमा रामप्रसाद लकान्द्री छन् ।