खेलकुद

एन्फाद्धारा राष्ट्रिय फुटसल टिम निर्माणका लागि खेलाडी छनोट सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाद्धारा राष्ट्रिय फुटसल टिम निर्माणका लागि खेलाडी छनोट सुरुको फुटसल कमिटीले राष्ट्रिय फुटसल टिम निर्माणका लागि खेलाडी छनोट सुरु गरेको छ । एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि फुटसल कमिटिले आइतबारबाट खुल्ला छनोटमार्फत राष्ट्रिय टिमका लागि खेलाडी छनोट सुरु गरेको हो ।

कमिटीले यस पटक प्रतियोगिता आयोजना नगरी सिधै खुल्ला छनोटबाट राष्ट्रिय टिम बनाउन लागेको हो । चुच्चुपाटीस्थित भाटभटेनीको फुटसलमा सुरु छनोटको पहिलो दिन १०० भन्दा बढी खेलाडीले सहभागीता जनाएका थिए ।

जसमा १६ टिमका ८० खेलाडीलाई मात्रै सहभागिता गराइएको थियो । छनोट प्रक्रिया ५ दिनसम्म चल्नेछ । सहभागी खेलाडीलाई १० प्रशिक्षकहरुको कमिटिले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गर्ने छन् । एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट खेल इरानमा आयोजना हुनेछ ।

अक्टोबर १६ देखि २७ सम्म हुने छनोटमा नेपाल समूह ए मा रहेको छ । सेन्टर र साउथ जोनमा रहेको नेपालको समूहमा अफगानिस्तानसँगै ताजकिस्तान र चार पटकको उपविजेता उज्वेकिस्तान रहेका छन् । फाईनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुनेछ ।