आर्थिक

सन्राइज बैंकको १२०औं शाखा संचालनमा

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बुढीबजारमा १२०औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सीर सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालय तथा ए. टि. एम. को उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।