आर्थिक

कामना बैँकद्धारा सहयोग तथा चेक हस्तान्तरण

काठमाडौँ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका थिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि.सि क्यामेरा जडानका लागि सि.सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले रु-/ २५,००० को चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु-/ ९,६०७ र बेसि शहरका ग्राहक रन्जिता अधिकारीलाई रु-/ ६७,८१९ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ए.टि.ए.म मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ए.बि.बि.एस्, एस्.एम्.एस् बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि-ए.एस.बि.ए, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।