समाचार

आठ दिनको अस्पताल बसाई र स्वास्थ्यमा सुधारपछि नेता सिंह डिस्चार्ज

काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वासथ्यमा सुधार भएपछि आज डिस्चार्ज हुनु भएकोछ। गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।

सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो । अझै केही दिन घरमै पुर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरुको टिम, अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पार्टीका नेता कार्यकर्ता, सबै प्रति हार्दिक आभार सहित धन्यवाद दिनु भएकोछ घर फर्के पनि केही दिन आराम गरि पार्टीका नियमीत काममा फर्कनु हुने सचिवालयले जनाएको छ । नेता सिंहले अस्पताल रहदा भेटन खोज्नु हुने सबै शुभेच्छा राख्नुहुनेसंग भेटघाट गर्न नमिलेको प्रति दुख ब्यकत गर्नु भएको छ ।

‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना हुनु भएको थियो ।