कृषि

मन्त्री खनाल भन्छन् ‘अहिले भन्दा कृषि उत्पादन पञ्चायतकालीनमा राम्रो थियो’

काठमार्डौं । कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरे । उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकीर गरे । कृषिका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दैै मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुक बाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गरे । जति अनुसन्धानहरु भएका छन्, ति अग्रजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको भन्दै सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन लागेको मन्त्री खनालले बताए ।

मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।मन्त्री खनालले मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए ।

कार्यक्रममा अबको कृषिलाई आधुनिकीकरण प्राज्ञारिक र अग्रानिक तरिकाले गर्नका लागि छुट्टा छुट्टै योजना बनाइएको बताए । तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडी बढाइएको बताए । कार्यक्रममा बोल्दै खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्टिय स्तरको ल्यायव भने संभव नभएको बताए ।

विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए । अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिए ।

मन्त्री खनालले यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै सरकारले अर्गानिक र आधुनिकिकरण योजनाबाट १० बर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताए । कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका डीसीएम डा. अजय कुमारले बोल्दै नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोड दिए । अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा डा.कुमारले जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सिचाईमन्त्री एनपी साउद लगायतले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्नेमा जोड दिए । कार्यक्रममा वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताए । अन्न उब्जाउने मान्छे नै भोको रहनु दुखद भएको भन्दै कार्यक्रममा सरोकारवालाहरुले कृषि क्षेत्रमा लागेका किसानहरुलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनमा जोड्न सक्नुपर्ने धारणा थियो ।

कार्यक्रमा फेरएच नेपालले आयोजना गरेको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापती लोकराज अवस्थीले यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गंभिर हुन जरुरी रहेको बताए । यूवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके यूवाहरु विदेशमा नजाने भन्दै यूवाहरुलाई जागरण गर्न जरुरी रहेको अवस्थीले बताए । समिटमा नेपाल, भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्ड लगायतका देशहरुबाट १०० जना सहभागिता रहेको छ । साउन २८ गतेसम्म संचालन हुने आयोजकले जनाएका छन् ।