मनोरञ्जन

‘काग दाजै काग दाजै’ भन्दै ६ बर्षे बालिका रबिना बसेल

काठमाडौँ । बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत ‘काग दाजै काग दाजै’ मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन ।

कलिला नानी बाबुहरुलाई घरमा छोडेर परदेशिएका बाबाहरुलाइ चाडै घर फर्किन आग्रह गर्दै गाएको यस गीतले जो कसैको मन पगाल्न सक्छ । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ ।

चर्चित संगीतकार राजन कार्कीको संगीत तथा एरेन्ज रहेको यस गितको म्युजिक भिडियोलाइ बालबालिकालाइ मन पर्ने कार्टुनहरुलाई राजन कार्कीले आकर्षक तरिकाले एनिमेसन तथा सम्पदान गरेका छन् भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन ।

प्रतिभाकि धनि बाल गायिका रबिनालाई गायक रमेश श्रेष्ठ मेलोडीले गुल्मी महोत्सबमा भेट्टाएर काठमाडौँ सम्म ल्याएका हुन् । भिडियो हेर्नुहोसः