समाचार

प्रदेश युवा परिषद् गठन हुने

हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आवमा नै प्रदेश युवा परिषद् गठन गर्ने बताएका छन् ।

बीसौं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रदेश युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम’ सम्बन्धी छलफलमा उनले भने, “प्रदेश युवा परिषद् गठन सम्बन्धी कानून निर्माणको चरणमा रहेको छ ।”

मन्त्री दुलाले युवाहरुले आफूसँग जे विज्ञता छ त्यसमा नै काम गर्नुपर्ने बताउँदै युवाको अधिकार प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको छ भने । सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफूहरु तयार रहेको बताए।