कृषि

एक हजार पशुचौपायाको प्राथमिक उपचार,२५० किसानलाई औषधि वितरण

राजविराज। बाढी प्रभावित क्षेत्रअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित पोर्ताहामा आयोजित पशु स्वास्थ्य शिविरमा एक हजार २४ चौपायाको प्राथमिक उपचार गरिएको छ ।शिविरमा त्यस क्षेत्रका गाई, भैँसी र बाख्रामा बाँझोपन हटाउन पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन र विभिन्न पोषणतत्वको कमी हुन नदिनका लागि तिनको उपचार गरी २५० किसानलाई औषधि वितरण गरिएको थियो ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशन सप्तरी शाखाले हनुमाननगर कङ्कालनी नगरपालिकाको संयोजनमा उक्त शिविर आयोजना गरेको हो ।

शिविरमा २०० बाख्रालाई रोग लाग्न नदिन सुई लगाइएको पशु चिकित्सक प्रमेश्वर यादवले जानकारी दिए । शिविरमा राजविराजसहित जिल्लाका विभिन्न एग्रोभेट, केन्द्रीय नेभ्ला तथा जिल्लाको प्राविधिकहरूले उपलब्ध गराएका रु ६० हजार बराबरको औषधिसमेत वितरण