आर्थिक

पहिरोपीडितलाई प्रवासी नेपालीद्वारा रु तीन लाख सहयोग

लिस्बन। गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ ।

सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँचःपाँच हजारका दरले रु ३५ हजार नगद हस्तान्तरण गरिएको छ भने बाँकी रु दुई लाख ७४ हजार ५५१ विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । कूल रकम रु तीन लाख नौ हजार ५५१ पहिरोपीडितलाई सहयोग गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्मा, विलाल पौडेल र देवीराम घिमिरे, त्रिभुवन माविका शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, व्यापारी विपिन गुरुङलगायतको टोली पुगेको गुल्मी समाज पोर्चुगलका वरिष्ठ उपाध्यक्ष अमृत रिजालले बताए ।