आर्थिक

सन्राइज बैंकद्धारा एकै दिन २ शाखा तथा १ एक्सटेन्सन काउण्टर बिस्तार

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले तम्घासमा ११८ औं शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख श्री राम चन्द« जोशी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपपमा ए।टि।एम् को उद्घाटन गर्नुभयो, भने गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख श्री डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ श्री भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

सोही दिन ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक श्री सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । उक्त कार्यक्रमहरmमा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ