समाचार

मुस्लिम धर्मालम्बिहरुको पर्व ईदको अवसरका यस्तो भन्छन् प्रधानमन्त्री ओली

काठमाडौं । बकर ईदको अबसरमा प्रधानमन्त्री ओलीले शुभकामणा व्यक्त गरेका छन । ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा मुस्लिम समुदायका सम्पूर्ण दिदी बहिनी दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन ।
ईद–उल– अज्हा ९बकर ईद०को अवसरमाआज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहु साँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन ।

“नेपालबहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ” प्रधानमन्त्री ओलीले भने । बकर ईदले आफूलाई मात्रहोइन समुदायकागरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीओलीको सन्देशमाभनिएको छ “बिहान सबेरै ईदको माज पढे पछि आआफनो घरमादिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई र बाँकीएक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ । यस्तो प्रचलनले मानवीयताको एउटा नमुनाप्रदर्शन गरेको छ ।”