समाचार

नेपालमा युवामैत्री ब्यवस्था बन्नै सकेनः सन्दर्भ अन्तराष्ट्रिय युवा दिवश

काठमाडौं । आज अन्तराष्ट्रि युवा दिवश । शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ आज अन्तर्रा्ष्ट्रिय युवा दिवस विश्वभर लागाए नेपालमा पनि मनाईँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । प्रतेक वर्ष १२ अगष्ठको दिन यो दिवश विभिनन मुलुकमा मनाई रहँदा नेपालमा पनि मनाईने गरिएको छ तर पनि यो दिवशले कुनै प्रभाव पर्न नसकेको देखिन्छ । युवाअवस्था जोसिलो जाँगरीलो समय जो जस्तो सुकै परिस्थितीको पनि डटेर सामना गर्न सक्ने बेला हो ।

युवा भनेको देश विकाशका लागि महत्वपुर्ण गहणा हुन् । तर आज तिनै युवाको अवस्था हाम्रो जस्तो विकासशिल राष्ट्रमा दिन–प्रतिदीन खस्कँदो अवस्थामा छ ।   तर बिडम्वनापुर्न दैनिक हजारौं युवा  आज आफ्नो मुलुकमा वसेर कुनै आयश्रोतको बाटो नदेख्दा निराश हुँदै बिदेशिन बाध्य छन् । सरकारले युवा विकाशका लागि कुनै पनि ठोस कदम नै चाल्न सकेको छैन । आफ्नो मुलुकमा गतिलो रोजगारीको अभाव भएकै कारण आज सुन फन्ले आफ्नो मुलुक छाडेर ज्यानको वाजी लगाउँदै आफ्नो मुलुक छाड्न वाध्य छन् लाखौं युवा ।

ज्यानको जोखिम मोल्दै परिवारको आर्थिक अवस्था सुर्धान र सानो सपना लिएर आज युवा जती परदेशीएका छन् । हाम्रो मुलुकमा रोजगारीको प्रसस्त श्रोत हुँदा हुदै पनि अरुको देशमा रोजगारी खोज्न जानु पर्ने कस्तो बाध्यता । यस्तै २०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ । युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन् ।

जसको प्रमुख कारण मुलुकको अस्तव्यस्त राजनीति, खिचातानी प्रमुख रहेको छ । जुनकुकै दलको व्यत्ति सरकारमा गएपनि युवाका लागि महत्वपुर्ण कार्य गर्ने कोहि पनि हुँदैन । सरकारको खस्कँदो शैक्षिक प्रणाली जो ब्यावहारीक भन्दा बढि शैद्धान्तिक छ । युवाको हातमा शैक्षिक प्रमाण पत्र भन्दा अरु केहि थमाउन सकेको छैन । आज मुलुकमा हजारौं युवा वेरोजगार भएर भौतारीरहेका छन् जो युवालाई परिचालीत गरेर सरकारले मुलुकको विकाश गर्नुपर्ने ।

युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकतामार्फत समाज र देशका लागि योगदान दिन सक्ने सयम हो । तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटक–पटक उठ्ने गरेको छ ।