प्रदेश 1

बनेपा नगरपालिकामा कपडा बैंक सञ्चालन

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक (दराज) को स्थापना गरिएको छ । बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिबारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।

बैंकले दिनदुःखीका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ । असहाय तथा विपन्न गरीबलाई सहयोग पुर्याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक सर्वश्री अधिकारीले बताएका छन ।

हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पुर्याउने हो ।” उनले भने “चाहिन्छ लानुहोस्, चाहिँदैन ल्याउनुहोस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।”

१०० एस ग्रुपको सदस्य र दिनानाथ दाहाल स्मृति प्रतिष्ठान काभ्रे तथा नवजीवन परोपकार समाज काठमाडौँको आजीवन सदस्यसमेत रहेको उनले सो संस्थाको अगुवाइमा काठमाडाँैको अनामनगर, जावलाखेल र सामाखुशीमा समेत कपडा बैंक सञ्चालनमा ल्याएको बताएका छन । पुराना कपडासँगै जुत्ता, भाँडाकुँडासमेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन अनुरोध गरे ।

त्यसको लागि बनेपा नगरपालिकाले नगरपालिकाको गेट नजिकैको पश्चिमपट्टिको खाली जग्गामा नगरपालिकालाई आवश्यक पर्दा खाली गर्ने गरी अहिलेको लागि कपडा बैंक राख्न अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

फोहर जलाउने मेशिन परीक्षण गर्ने तयारीमा

यसैगरी फोहरको व्यवस्थापन गर्नका लागि जापानीज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवारहित चिम्नीको प्रयोग गर्ने गरी बनेपा नगरपालिकाले फोहर जलाउने मेशिन राख्ने भएको छ ।

नगरपालिकाले फोहरको उचित व्यवस्थापनको लागि २०७६ वैशाख २९ मा ग्रिनपिस इन्भाइरोमेन्ट प्रालि काठमाडौँसँग फोहर व्यवस्थापनको सम्झौता गरी उक्त संस्थाले ऋजगधबकतबच नामको जापानी कम्पनीले निर्माण गरेको आधुनिक प्रविधियुक्त वातावरणमैत्री मेशिनबाट फोहर व्यवस्थापन गर्ने योजनाअनुरुप हिटा कम्पनीको एफ वान मोडलको धुँवारहित चिम्नीको प्रयोग गर्ने भएको हो ।

सोसम्बन्धी कम्पनीका नेपाल प्रमुख ग्याल्पो लामाले नगरपालिका र सराकारवालालाई प्रविधिले गर्ने काम र त्यसले फोहर व्यवस्थापनमा पु¥याउने फाइदाको बारेमा जानकारी गराएको छ । प्रविधिको बारेमा जानकारी दिनुहुँदै सो कम्पनीका नेपाल प्रमुख ग्याल्पो लामाले २०० सेन्टिमिटर लम्बाइ, २० फिट उचाइ, १५० सेन्टिमिटर चौडाइ र एक हजार ५०० किलो तौल भएको एफ वान मोडलको चिम्नी नेपालमै पहिलो पटक प्रयोग गर्न लागेको बताए ।

लामाले भने “उक्त क्षमताको मेशिनले प्रतिघण्टा ३०–४० किलो तथा प्रतिदिन १० घण्टामा ३०० देखि ४०० किलोसम्म फोहर जलाउन सकिन्छ ।” तर नगरपालिकामा जम्मा हुने फोहरको अनुपातमा ठूलो साइजको मेशिन ल्याउँदा प्रतिघण्टा दोब्बर फोहर जलाउन सकिने भएकाले त्यसतर्फ प्रयास भइरहेको उनले बताए ।

लामाका अनुसार सो मेशिनले फलाम र सिसाबाहेक सबै प्रकारका वस्तु जलाउन सकिन्छ । धुँवारहित, प्रदूषणरहित र ध्वनिरहित सो मेशिनबाट विभिन्न प्रकारका फोहरलाई एकै स्थानमा जलाउन सकिने र छिटो जल्नेसमेत बताएका छन । जलेको फोेहरबाट निस्केको खरानीले ब्लक तथा टायल निर्माण र तरकारी खेतीमा लगाउनसमेत सकिने उहाँको भनाइ छ । सो मेशिन चलाउन १० घण्टामा २५ लिटर डिजेल लाग्ने छ ।

पहिलादेखि फोहर फाल्दै आएको बनेपा नगरपालिकाले पछिल्ला समयमा फोहर फाल्न नपाएपछि समस्या झेल्दै आएकोमा अब अर्को विकल्पको अन्तिम तयारी थालेको होे । फोहरकै कारण दुर्गन्ध फैलिएको भन्दै धुलिखेल नगरपालिका–५ आइटी पार्क अगाडि फोहर फाल्नमा स्थानीय बासिन्दाले रोक लगाएपछि बनेपा नगरपालिकाले अन्य ठाउँको खोजी थालनी गरेका थिए ।