पर्यटन/संस्कृति

आज मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इदः विश्वभर मनाइँदै

काठमाडौं । नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबाी भन्ने पनि गरिन्छ । नेपालमा विभिन्न जात –जाती , भाषा– भाषी र विभिन्न संस्कृत भएका मानिस वसोवास गर्दछन् । हिन्दु , मुस्मिलम, वौद्धिष्ट, आदी ईत्यादी । सवैले आ–हाफ्ना धर्म संस्कृती मान्दै र एक वर्गाले अर्काे वर्गाको धर्म संस्कृतको सम्मान पनि आएका छन् । यस्तै आज मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद ।

विश्वभर धुमधामका साथ मनाईंदै छ । बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ । बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।

बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् । यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिएको छ  । बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ । नेपाल मा वसोवास गर्ने हरेक नागरिकले एकले अर्काको धर्म संस्कृतको संरक्षण गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।