अन्तर्राष्ट्रिय

ब्रेक्जिट छलफलका लागि जोनसनले आयरल्याण्डका समकक्षी वारदकरसँग भेट्ने

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आयरल्याण्डका प्रधानमन्त्री लिओ वरदकारसँग यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका बिषयमा वार्ताका लागि निकट भविष्यमा डबलिन जानेभएका छन ।

यद्यपि भ्रमणबारे छलफल चलिरहेको र दुबैतर्फबाट भ्रमणका एजेन्डामा गृहकार्य भइरहेको आयरल्याण्डको अर्ध सरकारी सञ्चारमाध्यम आरटीईले प्रधानमन्त्रीका प्रवक्ताद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी आइतबार बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आयरल्याण्डका ताओइसिच (प्रधानमन्त्री)ले बेलायती प्रधानमन्त्रीलाई उत्तरी आयरल्याण्ड र ब्रेक्जिटबारे वार्ता गर्नेगरी डबलिनको भ्रमणका लागि निमन्त्रणा दिइसक्नुभएको छ । दुबै देशका प्रधानमन्त्री कार्यालयहरूबीच वार्तालाई आगामी केही हप्ताभित्र गर्न तिथि तय गर्न सम्पर्क भइरहेको छ ।”

वार्ता दुबैतर्फको अवस्थाबारे समझदारी बनाउने एक महत्वपूर्ण अवसर भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि आगामी भेटमा ब्रेक्जिट सहमति र इयूले भनेजस्तो राजस्व कार्यालयलाई हटाउने कुनै समयसीमा नराख्ने बिषय (ब्याकस्टप)मा भने कुराकानी हुनेछैन ।

बेलायती प्रधानमन्त्री जोनसनले ‘ब्याकस्टप’ का लागि इयूको अडान नछोडिएसम्म कुनै पनि इयू नेतालाई नभेट्ने भनेपनि दुई हप्ता पहिले जोनसन र आयरल्याण्डका समकक्षी लाई वरदकारबीच दुई हप्ता पहिले फोनवार्ता भएको थियो । वार्तामा भेटबारे सहमति भएको बताइएको छ ।