खेलकुद

नेयमार बिनै पीएसजीले गर्यो विजयी सुरुवात

एजेन्सी । नेयमार अनुपस्थित रहेको लिग वानको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार सुरुवात गरेको छ ।

आईतबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा ईडिन्सन काभानी, केलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरेका थिए । काभानीले २४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे ।

६९ औ मिनेटमा डी मारियाले गोल गर्दै क्लबको जित सुनिश्चित गरे । जितसंगै पीएसजीले पहिलो खेलमा स्पष्ट ३ अंंक जोडेको छ ।क्लब छाड्ने मनसाय बनाएका नेयमार फ्रान्स लिगको पहिलो खेलमा मैदान उत्रिएनन्