पर्यटन/संस्कृति

२० लाख पर्यटक भित्र्याउने अभियानलाई साथ दिन फेसबुकको प्रोफाईलमा अभियानको लोगो राखौंः मन्त्री भट्टराई

काठमाण्डौ । साँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लागि सबै विश्वभर बस्ने नेपालीहरुलाई फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा प्रोफाईल फोटो राख्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले पर्यटन बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने नेपालको लक्षमा सबै नेपालीलाई सरकारलाई साथ दिन आग्रह गर्दै संयोजकको हैशियतले आग्रह गरेका छन् । मन्त्ती भट्टराइले विज्ञप्ती जारी गर्दै भनेका छन्,

“हार्दिक अनुरोध ।
मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । उल्लिखित पक्षलाई हृदयंगम गरी नेपाल सरकारले कम्तिमा बार्षिक वीस लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण बर्ष, २०२० अभियान सञ्चालन गरिरहेको छ ।
नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नकालागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट उल्लेखनीय सहयोगको मैले अपेक्षा गरेको छु ।

स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नकालागि आफुले प्रयोग गर्ने ९निजी तथा आफ्ना संघरसंस्थाहरुको समेत० सामाजिक सञ्जाल ९ध्भदकष्तभ, ँबअभदययप, त्धष्ततभच, क्ष्लकतबनचबm० लगायतमा यस अभियानको लोगो राखि दिनु हुन तथा सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहका साथ साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै,नेपाल भ्रमण बर्ष, २०२० को यस अभियानलाई सफल बनाउन सबैको थप सहयोग,समन्वय र सहकार्यको नेपाल सरकार सदैव अपेक्षा गर्दछ ।

योगेश भट्टराई
मन्त्री
तथा संयोजक, नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समिति”